• ५ असोज २०८३, सोमबार
  • २ः४२ दिउँसो

कात्तिकभित्र २० शहरमा टेलिकमले फोरजी सेवा शुरू गर्ने

प्रकाशित मिति

२०७६ भाद्र १८ गते, बुधबार ०७:२१

काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आउँदो कात्तिकभित्र देशका २० शहरमा फोरजी सेवा शुरू गर्ने भएको छ । १ वर्षभित्र सातै प्रदेशमा फोरजी विस्तार गर्ने योजना अन्तर्गत पहिलो चरणमा यो काम गर्न लागिएको टेलिकमले बताएको हो ।

National Life

टेलिकमले १९ अर्ब रुपैयाँमा देशभर फोरजी सेवा विस्तार गर्ने जिम्मा २०७५ माघमा दुई चिनियाँ कम्पनीलाई दिइसकेको छ । तीमध्ये सीसीएसआईले रेडियो एक्सेस नेटवर्क विस्तार र जेटीई कर्पोरेशनले कोर नेटवर्क विस्तारको जिम्मा पाएका छन् । रेडियो एक्सेस नेटवर्कले प्रयोगकर्ताको डिभाइसलाई मुख्य टावरहरूसँग जोड्ने काम गर्छ भने कोर नेटवर्क सेवाप्रदायकको आफ्नो नेटवर्कबीच हुने संयोजन हो । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पहिलो चरणमा २० भन्दा बढी नै शहरमा फोरजी सेवा पु¥याउने योजना रहेको बताए । ‘हामीले कम्तीमा २० शहरको लक्ष्य राखेका हौं, योभन्दा बढी नै ठाउँमा सेवा विस्तार हुन्छ,’ उनले भने ।

‘प्राविधिक काम भएकाले एउटा प्रक्रिया गलत भयो भने अन्य कामसमेत प्रभावित हुन्छन्’ अधिकारीले भने, ‘त्यसैले सबै नेटवर्क तथा विस्तारको काम एकैपटक परीक्षण गर्दै फोरजी विस्तारको लक्ष्य समयमै पूरा गर्ने हाम्रो तयारी छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया