• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

जापानमा नर्सिङ केयर गिभरमा नेपालीलाई मौकाका साथै परीक्षा मिति तय

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार ०१:४३

काठमाडौँ, नेपालबाट जापान जानाका लागी ‘नर्सिङ केयर गिभर’ नेपालमा हुने परीक्षाहरुको मिति सार्वजनिक भएको छ ।जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले आगामी अक्टोबर र नोभेम्बर महिनामा परीक्षा गर्ने तालिका सार्वजनिक गरेको छ ।

भाषा तथा सिप परीक्षाका लागि अक्टोबर २७ देखि २९ (कार्तिक १० देखि १२), नोभेम्बर ५ देखि ७ (कार्तिक ९देखि १९) तथा नोभेम्बरकै १२ देखि १४ (कार्तिक २६ देखि २८) सम्म मिति तोकिएको छ । सिप परिक्षा ६० मिनेट लामो हुनेछ । यसमा ४५ वटा प्रश्न सोधिने छन् । यसका लागि एक हजार मात्रै आवेदन लिइनेछ ।

Kamana Sewa

यसका कारण सुरुमा आवेदन दिनेले नै परीक्षामा सहभागी हुने मौका पाउनेछन् । यस्तो आवेदन अलाइनमार्फत दिनुपर्नेछ । जापान सरकारकाअनुसार परीक्षा कम्प्युटर प्रणालीमा आधारित हुनेछ ।

Classic Tech Desktop

प्रतिकृया