महिनावारीको समय के नखाने
प्रकाशित मिति
२०७६ भाद्र १४ गते, शनिबार ०२:३७
महिनावारीको समय महिलाहरुलाई अनेक थरीका शारीरिक र मानसिक समस्याबाट गुज्रन्छन् । माहिनावारीको समयमा तल्लो पेट दुख्नु, चक्कर लाग्नु, हातखुट्टा बाउडिनु र गहु्रगोंपन आदी सामान्य समस्या देखिन्छ । यस्तो अवस्थामा कुनै एक जनाको स्थितीको आधारमा अरुको अवस्थाको बारेमा भने आकलन गर्न सकिँदैन ।तल्लो पेट दुखाईको उपायका साथ साथै महिनावारीको समय खानपानको पनि विशेष ध्यान दिनुपर्छ ।
चकलेट : चकलेटमा कैफीन हुन्छ, जसले क्रैम्पिगमा समस्या उत्पन्न हुन्छ । कैफीनले गर्दा मांसपेशिहरु बाउडिन थाल्छ र दुखाई सुरु हुन्छ।

अचार : महिनावारीको समय धेरै अमिलो, पिरो र मसालेदार खाना खानु हुँदैन। विशेष गरी नुनिलो र अचार । यिनिहरुमा सोडियमको मात्रा भरपूर हुन्छ जसले दुखाई बढ्न सक्छ ।

कैफीन : महिनावारीको समय कैफीनयुक्त खाना खानु घातक हुन सक्छ । अत्यधिक मात्रामा चिया, कफी वा सफ्ट ड्रिन्क्स पिउनाले हानी पु¥याउन सक्छ । यसले हात खुट्टा बाउडिन्छ र दुखाई बढाउँछ। यस अवस्थामा दिनमा एक वा दुई पटक मात्र अर्गानिक चिया पिउनु राम्रो हुन्छ।
रातो मासु : रातो मासु खानाले महिनावारीको समय हुने दुखाई बढ्छ । रातो मासुमा पाइने एसिडले प्रोस्टेट ग्ल्याण्डलाई धेरै नै सक्रिय बनाई दिन्छ, जसले गर्दा महिनावारीको समय हुने दुखाई अझ बढेर जान्छ।
मादक पदार्थ : महिनावारीको समय मादक पदार्थबाट टाढैँ बस्नु पर्छ । महिनावारीको समय रक्सी, वियर जस्ता मादक पदार्थ पिउनाले पेटको तल्लो भाग सुन्निन सक्छ।




प्रतिकृया