दुई महिनापछि भारत–पाक युद्ध हुनसक्छः पाकिस्तानी मन्त्री
प्रकाशित मिति
२०७६ भाद्र १३ गते, शुक्रबार ०३:२३
एजेन्सी, भारतले जम्मू–कश्मीर राज्यको विशेष संवैधानिक हैसियत खोस्ने दिल्लीको निर्णयपश्चात् पाकिस्तानले भारतको विरोधमा चर्को आक्रोश पोखिरहेको छ।
पाकिस्तानका रेलमन्त्री शेख रशीद अहमदले त अक्टोबर वा नोभेम्बरतिर भारतसँग युद्ध हुन सक्ने समेत बताएका छन्।पत्रकारहरूसँग बोल्दै रेलमन्त्री अहमदले भनेका छन्, ‘अक्टुबरको अन्त्यतिर वा नोभेम्बर (डिसेम्बरतिर भारत) पाकिस्तानबीच युद्ध हुने जस्तो देख्दैछु । यसका लागि जनतालाई तयार पार्न लागेको छु। युद्ध हुन्छ नै भन्ने त छैन तर मोदीलाई सम्झाउन अरू ठूला मानिसले गरेको जस्तो गल्ती म गर्नेछैन।’

भारतीय हस्तक्षेपपछि कश्मीरका मुसलमानहरूले पाकिस्तानको मुख ताकेको भन्दै रेलमन्त्री अहमदले भने, ‘२४र२५ करोड मुसलमानले पाकिस्तानको मुख ताकिरहेका छन्। सबै मतभेदलाई पन्छाएर हामी एकजुट भई कश्मीरीहरूको समर्थनमा लाग्नुपर्छ नत्र समयले हामीलाई माफ गर्नेछैन।’ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि दुवै छिमेकी परमाणुशक्तिसम्पन्न भएको र युद्ध भए केही बाँकी नरहने बताएका थिए।





प्रतिकृया