• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

मिडिया काउन्सिल विधेयक आज राष्ट्रिय सभामा पेस हुदै

प्रकाशित मिति

२०७६ भाद्र १२ गते, बिहीबार ०१:३२

काठमाडौं, नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रका विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएको मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रिय सभामा पेस हुने भएको छ । राष्ट्रिय सभा बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विधेयक पेस गर्ने कार्यसूची तय भइसकेको छ ।

महासंघले उक्त विधेयकका प्रावधानहरूले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै चरणबद्ध आन्दोलन नै गरेको थियो । वैशाख २७ मै राष्ट्रिय सभाको सचिवालयमा दर्ता भएको उक्त विधेयक महासंघकै विरोधका कारण अगाडि बढ्न सकेको थिएन । नेकपाका नेताहरूले विधेयक सच्याइने प्रतिबद्धता व्यक्त गरेपछि महासंघले आन्दोलन स्थगन गरेको थियो ।

Kamana Sewa

राष्ट्रियसभाका नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सरकारले विधेयक संशोधन गर्ने आश्वासन दिएपछि विधेयक प्रस्तुत गर्न सहमति जुटेको बताउनु भयो । त्यस्तै गरी राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल भट्टराईले महासंघसँग गरिएको प्रतिबद्धताअनुसार विधेयकमा संशोधन गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनु भयो ।

Classic Tech Desktop

प्रतिकृया