• १ असोज २०८३, बिहीबार
  • ७ः४६ बेलुका

तपाईंहरुले सरकारलाई छल्ने कामचाहिँ नगर्दिनुस् : मन्त्री खतिवडा

प्रकाशित मिति

२०७६ भाद्र १० गते, मंगलवार ०१:५२

काठमाडौँ, अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारलाई नछल्न अटो व्यवसायीलाई आग्रह गर्नु भएको छ ।

National Life

काठमाडौँमा मंगलाबार नाडा अटो शो–२०१९को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भन्नु भयो, ‘तपाईंहरुले सरकारलाई छल्ने कामचाहिँ नगर्दिनुस् । सरकार पनि इमान्दारीपूर्वक तपाईंहरुसामू पेश हुन चाहन्छ, तपाईंहरु पनि इमान्दारीपूवर्क पेश भइदिनुस् । अनि हामी टेबलमा बसेर कुरा गर्न सक्छौं ।’

कतिपयले नक्कली पार्टपूर्जासमेत आयात गर्ने गरेको गुनासो गरेको भन्दै उहाँल भन्नुभयोे, ‘त्यो सरकारले ल्याएको होला र रु तपाईंहरुकै साथीहरुले ल्याएको त होला । तपाईंले भन्न पनि सक्नुपर्यो नि । सरकारले हेर्ला, हेरेन भने सरकारको कमजोरी हो, तर ल्याउनेले पनि त्यसको पहिलो दोष त भोग्नु पर्‍यो नि ।’

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा भन्सार र अन्तशुल्क छुट दिएको तर कतिपयले ब्याट्रीबाट स्टार्टमात्र हुने गाडीहरु आयात गर्न खोजेको बताउदै भन्नुभयो  , ‘तपाईंहरुले ब्याट्रीले स्टार्टमात्र हुने, चल्दा चाहिँ डिजेल पेट्रोल नै चाहिने गाडी ल्याएर भन्सारमा राखिदिनुभयो,’ ‘हामीले दिने विद्युतीय सवारी साधनको छुट त्यस्तो होइन कि ९० प्रतिशत परम्परागत ऊर्जा डिजल पेट्रोल नै खर्च होस्, १० प्रतिशतचाहिँ विद्युतको प्रयोग होस् अनि तपाईंलाई भन्सारमा सबै प्रकारको छुट होस् ।’

प्रतिकृया