• १६ भदौ २०८३, बुधबार
  • ८ः३९ राती

भक्तपुर क्यान्सर अस्पतालमा गरेको हस्तक्षेप फिर्ता लिन नेमकिपालाई कांग्रेसको चेतावनी

प्रकाशित मिति

२०७६ भाद्र ६ गते, शुक्रबार ११:२८

भक्तपुर, नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ कुमार थापाले भक्तपुर नगरपालिकाका नगर प्रमुख शुनिल प्रजापतिले अधिकार क्षेत्र नाघेर भक्तपुर क्यान्सर अस्पतालमा हस्तक्षेप गरेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाले अस्पतालमा हस्तक्षेप गरेको विरोधमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले हस्तक्षेप फिर्ता लिन चेतावनी दिनुभयो ।

नगर प्रमुख प्रजापतिले हस्तक्षेप फिर्ता नगरे आफु पनि नगर प्रमुखको कुर्सीमा बस्न सक्ने चेतावनी दिदै सभापतिले थापाले स्वायक्त संस्थाले चलाएको अस्पताल स्वतन्त्र ढंगल चल्नु पर्ने बताउनु भयो । नगरपालिकाले सञ्चालन गरेका ख्वप कलेज, ख्वप ईन्जिनियरिङ कलेज लगायतमा पनि अनियमिक्ता रहेको उल्लेख गर्दै थापाले आफ्नै पार्टी समर्थक पत्रिकामा समाचार डिजाइन अनुसार अस्पताल कव्जा गर्न खोजेको आरोप लगाउनु भयो । वार्षिक ६०÷७० हजार क्यान्सर रोगीले स्वास्थ्य सेवा लिदै गरेको अस्पतालमा नगरपालिकाले राजनीति छिराएको बताउँदै सभापति थापाले यसबाट भक्तपुरवासी मात्र नभएर नेपालभरीका नागरिक प्रभावित हुने बताउँनु भयो ।

Kamana Sewa

कसैले भ्रष्टाचार गरेको छ भने त्यसको छानविन सम्बन्धित निकायले गर्नुपर्नेमा जोड दिदै सभापति थापाले अरुको आङको जुम्रा देख्नेले आफ्नो आङ्को भैसी देखेर सोहि अनुसार मूल्याँङ्कन गर्न आग्रह गर्नुभयो । आक्रोशित मुद्रामा प्रस्तुत भएका थापाले अस्पताल व्यवस्थापन समितिले कुनै गल्ती गरको भए राज्यका जिम्मेवार निकायले छानविन गर्नु पर्ने तर नेपाल मजदुर किसान पार्टीले अनावश्यक हस्तक्षेप गरेको भन्दै विरोध गर्नुभयो । ख्वप कलेज, उच्च मावी ,जनस्वास्थ्य र उपभोक्ता समितिको नाममा गरेको भ्रष्टचार नदेख्ने भन्दै उहाँले प्रश्न गर्नुभयो, के म गएर भक्तपुर नगरपालिकाको कुर्सीमा बसु ? एउटा संस्थाले चलाएको अस्पतालमा आफ्नो क्षेत्र बाहिर गएर हस्तक्षेप गरेकाले उक्त कार्य तुरुन्त बन्द गर्न समेत सभापति थापाले आग्रह गर्नुभयो ।

Classic Tech Desktop

नेपाल अर्वुद रोग निवारण संस्थाले बिभिन्न देशी विदेशी गैर सरकार संस्थाहरुको सहयोगमा दुई दशक अघि देखि सञ्चालन गरेको क्यान्सर अस्पताल आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नभई क्यान्सर जस्तो प्राणघातक रोगको उपचार गर्ने स्वायत्त अस्पतालका रुपमा सञ्चालन भएको कांग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नगरपालिकाको अधिकार क्षेत्र बाहिर गएर गरिएको कार्यको घोर भत्र्सना गर्दै कांग्रेसले जारी गरेको विज्ञप्तीमा नगरपालिकाले गठन गरेको अवैधानिक समिति भंग गरेर अस्पताललाई स्वायत्त ढंगले चल्ने वातावण बनाउँन समेत आग्रह गरिएको छ ।
कार्यक्रममा पार्टी उपसभापति हरिप्रसाद नेपाल,सचिव निशान ढुंगेल, प्रचार विभाग प्रमुख केदार खड्काले आर्थिक अनियमित्ताको बाहनामा अस्पतालमा गरिएको हस्तक्षेप फिर्ता लिएर स्वतन्त्र ढंगले अस्पताल सञ्चालन गर्ने वातावरण तयार गर्न भक्तपुर नगरपालिकालाई आग्रह गर्नु भएको थियो ।

प्रतिकृया