प्रहरी निरीक्षकलाई चालिस हजार घुस दिन खोज्ने गंगालाल श्रेष्ठ प्रकाउ
प्रकाशित मिति
२०७६ भाद्र ६ गते, शुक्रबार १२:१३
भक्तपुर, सिन्धुपाल्चोक चौतारा घर भएका हाल भक्तपुर नगरपालिका–१ सल्लाघरी बस्ने ५६ वर्षिय गंगालाल श्रेष्ठ प्रकाउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टलाई जुवा खेलाउन सहज बनाई दिनु पर्यो भन्दै घुस दिएकोमा अरोपमा उनी पक्राउ परेका हुन् ।
श्रेष्ठले जुवा खेलाउन सहज बनाई दिनु पर्यो भनि निरीक्षक विष्टको कार्यकक्षमा प्रलोभनमा पार्न रिसवत (घुस) स्वरुप नगद रु ४०,०००/–(चालिस हजार मात्र ) दिन लागेको अवस्थामा प्रहरी निरीक्षक विष्टले अख्तियर दुरपयोग अनुसन्धान अनयोगमा सुचना दिएको आधारमा उनलाई खोजतलसी गर्दा श्रेष्ठसंग सो रकम प्रप्ता भई पक्राउ गरेको हो ।

सुर्यविनायक नगरपालिका –५ बाट श्रेष्ठ साउन ७ गते गैरकानुनी रुपमा जुवा तास खेलाई रहेको अवस्थामा पक्राउ परेका थिए र कारवाही भई छुटे पश्चात उनले जुवा खेलाउन सहज बनाई दिनु पर्यो भनि चालिस हजार घुस दिन खोजेका थिए । यसको थप अनुसन्धान तथा कारवाअी भइरहेको प्रहरी परिसरले जनाएको छ ।





प्रतिकृया