• २५ भदौ २०८३, बिहीबार
  • ४ः३१ बेलुका

हवाई आक्रमणमा १८ तालिबानको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र ४ गते, बुधबार ०५:०१

एजेन्सी, अफगानिस्तानमा हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोहीको मृत्यु भएको छ । उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोहीको मृत्यु र अरु १० जना घाइते भएका प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीले जनाएका छन ।

National Life

हाजिरीले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिए । सुरक्षा फौजको उक्त कारबाहीका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिकृया