• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

एक महिनामा १ अर्ब ३ करोड राजस्व

प्रकाशित मिति

२०७६ भाद्र ३ गते, मंगलवार १०:४०

रसुवा – रसुवागढी भन्सार कार्यालयले एक महिनामा १ अर्ब ३ करोड राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०७६र७७ को पहिलो महिनामा कार्यालयले १ अर्ब ३ करोड ५ लाख ४८ हजार राजस्व सङ्कलन गर्न सफल भएको हो । यो साउन महिनाको लक्ष्यभन्दा १२०.२५ प्रतिशत बढी हो । कार्यालयले साउन महिनामा ४६ करोड ७८ लाख ९१ हजार रुपयाँ लक्ष्य राखेको थियो । गएको वर्ष यही अवधिमा २६ करोड ४ लाख ७७ हजार रुपयाँ राजस्व सङ्कलन गरेको थियो ।

यो वर्ष सडक अवरुद्ध नभएको र सामग्री आयात बढेको कारण राजस्व संकलन बढेको प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताउनुभयो । रसुवागढी भन्सार कार्यालयले यो वर्ष ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

Kamana Sewa

प्रतिकृया