कश्मीर मुद्दाबारे ट्रम्प, मोदी र इमरान खानबिच वार्ता
प्रकाशित मिति
२०७६ भाद्र ३ गते, मंगलवार १०:५३
काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू(कश्मीर मुद्दाबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका छन् । उनीहरुबीच द्विपक्षीय र क्षेत्रीय मुद्दाबारे कुराकानी भएको हो । ट्रम्पले परिस्थिति अप्ठ्यारो भए पनि सकारात्मक कुराकानी भएको जानकारी ट्वीटरमार्फत् दिएका छन् । ट्रम्पले लेखेका छन्, ‘मेरा दुवै साथीहरु मोदी र खानसँग व्यापार, रणनीतिक साझेदारी तथा भारत र पाकिस्तानबीच काश्मीरमा देखिएको तनाव कम गर्नेबारे कुरा भयो । परिस्थिति अप्ठ्यारो छ, तर कुराकानी राम्रो छ ।’
भारतले संविधानको धारा ३७९ खारेज गरेर जम्मू कश्मीरको विशेष दर्जाको खोस्ने र लद्दाखलाई अलग राज्य घोषणा गर्ने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पसँग गरिएको वार्तालाई अर्थपूर्ण मानिएको छ । किनभने जम्मू कश्मीर मुद्दा संयुक्त राष्ट्रसंघको राष्ट्रिय सुरक्षा परिषदमा पनि पुगिसकेको छ । यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणमा ट्रम्पले कश्मीर मुद्दामा अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका थिए । तर, मोदीले त्यसलाई नकार्दै पाकिस्तानसँग मात्र वार्ता गर्ने बताएका थिए ।





प्रतिकृया