• ५ साउन २०८३, मंगलबार
  • ९:१३ बिहान

प्रदेश २ का अध्यक्ष साहद्धारा राजीनामा

प्रकाशित मिति

२०७६ भाद्र ३ गते, मंगलवार ०९:३६

काठमाडौं, नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर साहले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिनु भएको छ । स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उहा असन्तुष्ट रहनु भएको थीयो ।
प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उहालाई भूमिकाविहीन बनाइएको थियो ।

प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अप्ठ्यारो पार्ने सोचबाट भएको बुझाइ साहको छ । प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएका कारण पदबाट राजीनामा दिएको उहाको भनाइ छ ।

Kamana Sewa

प्रतिकृया