पूर्वयुवराज पारस शाहद्धारा क्षमायाचना
प्रकाशित मिति
२०७६ भाद्र ३ गते, मंगलवार ०८:१८
काठमाडौं, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आइतबार ड्युटीमा रहेका प्रहरीविरुद्ध दूर्व्यवहार गरेको घटनामा पूर्वयुवराज पारस शाहले माफी मागेका छन् । हिजो बेलुका आफ्नो फेसबुकमा स्टाटस लेख्दै घटनासँग सम्बन्धित पक्षसँग म क्षमायाचना गर्नु गरेका छन ।उनले पूर्वमहारानी कोमल शाहलाई चिकित्सकले क्यान्सरको शंका गरेको पनि उल्लेख गरेका छन्। कोमल बायोप्सी गराउन बैंकक जाँद थिइन्। उनले लेखका छन्, ‘मेरो आमा बायोप्सीका लागि बैंकक जाँदै हुनुहुन्थ्यो ।
आमाको स्वास्थ्यका कारण आफु तनावमा भएको र त्यो बेला एक प्रहरीले छोराको अनुहारमा डन्डा राखेको देखेको, एक नेपाली हुनु र एक बाबु हुनुको नाताले आफ्नो छोरासँग भइरहेको त्यस्तो व्यवहार देखेर आफूलाई रोक्न नसकेको उनले बताएका छन । उनले आपनो ठाउँमा अरु कोही भएको भए पनि त्यस्तै गथ्र्यो होला भन्ने कुरा पनि उल्लेख गरेका छन । तर पनि म सम्बन्धित पक्षसँग क्षमायाचना गर्न चाहेको र यस विषयमा नेपाली जनताले नै फैसला गर्ने उनले बताएका छन ।





प्रतिकृया