• १७ भदौ २०८३, बुधबार
  • ४ः५७ बेलुका

प्रधानमन्त्रीद्धारा सर्वदलीय बैठक आहृवान

प्रकाशित मिति

२०७६ भाद्र ३ गते, मंगलवार ०७:५९

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । लामो समयदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन उहाले सर्वदलीय बैठक बोलाउनु भएको हो । आइतबार संसदमा सम्बोधन गर्दै उहाले संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगहरूको टुंगो एक सातामा लगाइसक्ने बताउनु भएको थीयो ।

त्यही मन्तब्य अनुसार प्रधानमन्त्रीले मंगलबार आज साझँ ५ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंग्याउन सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीले बुधबारका ५ बजेका लागि नेपाल कम्युनष्टि पार्टी (नेकपा) र नेपाली कांग्रेसको बैठक बोलाउनु भएको छ । दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने भएको छ ।

Kamana Sewa

प्रतिकृया