• २ असोज २०८३, शुक्रबार
  • १ः५२ राती

जहाजमा चरा ठोक्किएपछि..

प्रकाशित मिति

२०७६ श्रावण ३० गते, बिहीबार ०६:३८

एजेन्सी, मस्कोनजिकै बिहीबार एक चालकले मकैबारीमा जहाज अवतरण गराएका छन्। मस्कोको जुकोभ्स्की विमानस्थल क्राइमियाको सिम्फेरोपोल जानका लागि उडेको जहाजमा टेक अफ गरेको केहीबेरमै चराको एक बगाल ठोकिएको थियो।

National Life

चरा ठोक्किएर जहाजका दुबै इन्जिनमा समस्या आएको थियो।
प्लेन उड्नेबित्तिकै धेरै हल्लिन थालेको एक यात्रुले बताए। जहाजभित्रका बत्तिहरू निभेपछि यात्रुहरू आत्तिन थालेका थिए। तर चालकले निकै संयमताका साथ जहाजलाई मकैबारीमा आपतकालीन अवतरण गराए।

युराल एयरलायन्सको उक्त जहाजमा २२६ यात्रु र सात जना चालक दलका सदस्य थिए। विमानस्थलदेखि झन्डै १ किलोमिटर टाढाको मकैबारीमा जहाज सुरक्षित अवतरण भएको छ। उक्त घटनामा २३ यात्रु घाइते भएको रूसी अधिकारीले जनाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

जहाजबाट सबै यात्रुलाई बाहिर निकालिएको छ भने घाइतेलाई अस्पताल लगिएको थियो। घाइतेमध्ये ५ जना बालबालिका रहेको रूसी स्वास्थ्य मन्त्रालयले जनाएको छ। युराल एयरलायन्सले जहाजका पाइलट निकै अनुभवी भएकाले सफल अवतरण गर्न सकिएको जनाएको छ। नाम नखुलाइएका ती पाइलटले तीन हजार घन्टा उडान भरिसकेका छन्।

प्रतिकृया