• २ असोज २०८३, शुक्रबार
  • ६ः३९ बिहान

जम्मु–कश्मीरका नेपालीबारे सुरक्षा चासो

प्रकाशित मिति

२०७६ श्रावण ३० गते, बिहीबार ११:४१

काठमाडौँ, जम्मु–कश्मीरमा रहेका नेपालीहरुको पछिल्लो अवस्थाका सम्बन्धमा दिल्लीस्थित नेपाली दूतावासले त्यहाँका प्रवासी नेपालीहरुका संगठनका प्रतिनिधिसँग छलफल गरेको छ ।

National Life

नरेन्द्र मोदी सरकारले गत साता जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेका बेला त्यहाँ विभिन्न पेशा व्यावसाय गर्दै आएका करिब ८० हजारको संख्यामा रहेका नेपालीको सुरक्षाबारे केन्द्रित गरेको थियो ।

छलफलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले प्रवासी संगठनका प्रवासीसंघका प्रतिनिधिसँग जम्मु–कश्मीरमा रहेका नेपालीको सुरक्षालगायत विषयमा के–कसरी अगाडि बढ्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए । कान्तिपुर दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया