• ६ असोज २०८३, मंगलबार
  • २ः०८ दिउँसो

त्रिशूली दुर्घटनामा मृत्यु हुनेको सङख्या ९ पुग्यो

प्रकाशित मिति

२०७६ श्रावण २५ गते, शनिबार ०६:५२

धादिङ – धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाटबाट त्रिशूली नदीमा यात्रुबस खसेर भएको दुर्घटनामा परि मृत्यु हुनेको सङख्या ९ पुगेको छ । दुर्घटनामा परि २० जना हराइरहेका छन् । धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले मृत्यु भएकामध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै पहिचान खुलेको जानकारी दिनुभयो । उहाँका अनुसार ३ जनाको घटनास्थमै मृत्यु भएको हो । यस्तै, दुई जनाको चितवनमा, दुई जनाको तनहुँमा, एक(एक जनाको गोरखा र पूर्वी नवलपरासीमा शव भेटिएको हो ।

National Life

दुर्घटनामा १६ जनाको उद्धार गरिएको छ । रात परेकाले हराएका २० जनाको अब शनिबार बिहानदेखि मात्रै खोजी थालिने भएको छ । खोजीका लागि सबै निकायसँग समन्यव भइरहेको उहाँले बताउनुभयो ।

दुर्घटनामा परि घाइते भएकामध्ये ७ जना गजुरी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । त्यस्तै १० जना घाइतेको काठमाण्डौमा रहेको ट्रमा सेन्टरमा उपचार भैरहेको छ प्रहरीले जनाएको छ । सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस बिहान सलाङघाटबाट त्रिशूली नदीमा खसेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया