• ४ असोज २०८३, आइतबार
  • ४ः४८ बिहान

सागका लागि कात्तिक दोस्रो साताभित्र खेलाडी दर्ता गर्नु पर्ने राखेपको निर्णय

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार १०:३०

काठमाडौं, आगामी मंसिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने खेलाडीहरुको नाम कात्तिक १४ भित्र दर्ता गर्नुपर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहितको बैठकले कात्तिक १४ भित्र सागमा सहभागी हुने खेलाडीको नाम दर्ता गर्नु पर्ने निर्णय गरेको हो।

National Life

सार्क क्षेत्रका देशहरुको खेलकुदको कुम्भमेला साग खेलकुदमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र अफगानिस्तानको सहभागिता रहनेछ।

प्रतिकृया