• ४ असोज २०८३, आइतबार
  • २ः४० राती

इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुल र नर्विच भिड्दै

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार १०:१७

इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आज (शुक्रबार) रातिबाट सुरु हुदैछ । लिगको उद्घाटन खेलमा लिरभपुल र नवप्रवेशी क्लब नर्विच सिटीबीच प्रतिस्पर्धा हुँदैछ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेलमा लिभरपुल सुखद सुरुवात गर्ने योजनामा छ । यसैगरी नर्विच पनि बलियो लिभरपुललाई टक्कर दिने तयारीमा छ । नर्विच यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हो ।

National Life

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगको उपाधि दौडनै आफुहरुको लक्ष्य रहेको बताएका छन् । यद्यपी प्रिमियर लिगका प्रतिस्पर्धी सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी लगायत क्लबहरु अहिले टोलीमा राम्रा खेलाडी अनुबन्ध गर्न लागिपरेका छन् । प्रतिस्पर्धी क्लबले करोडौं पाउन्ड खर्चदा लिभरपुल शान्त बनेर बसेको छ ।

प्रतिकृया