• ४ असोज २०८३, आइतबार
  • ५ः२३ बिहान

छोराद्धारा बुबाको हत्या

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार १२:०५

झापा, झापामा छोराले दाउराको चिर्पट प्रहार गरी बुबाको हत्या गरेका छन् । आज बिहान कमल गाउँपालिका–१ मा बिहान घरायसी विवाद हुँदा ३१ वर्षीय छोरा प्रकाश थापाले दाउराको चिर्पट प्रहार गरी आफ्नै बुबा अन्दाजी ७० वर्षीय सूर्यबहादुर थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

National Life

बुबा छोराबिच घरायसी विवाद हुँदा छोराले दाउराको चिर्पट बुबाको टाउको प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या गर्ने छोरा प्रकाशलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया