• ४ असोज २०८३, आइतबार
  • ६ः०२ बिहान

कैलालीमा नक्कली नोट छाप्ने मेसिनसहित ७ युवा पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार १२:१४

कैलाली, विभिन्न ठाउँबाट नक्कली नोट छाप्ने मेसिनसहित ७ युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुरे गाउँपालिका–१ कैलालीका २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लपराज भट्ट र बर्दिवास नगरपालिका–६, महोत्तरीका २५ वर्षीय गोकुल खड्काका साथै भारत लखिमपुरका श्रवणकुमार सिंह, गुरु जीत र खुराम दगौडा रहेका छन् ।

National Life

धनगढी र काठमाडौंबाट विभिन्न मितीमा नक्कली नोट बनाइ कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार बिहान सार्वजनिक गरेको हो । उनीहरुको साथबाट खोटा नोट छाप्ने मेसिन एक थान, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर र नेपाल तथा भारतका नक्कली नोट प्रहरीले बरामद गरेको छ ।

प्रतिकृया