टोखा नगरपालिकाद्धारा किसानलाई काऊ म्याट वितरण
प्रकाशित मिति
२०७६ श्रावण २१ गते, मंगलवार १२:५४
काठमाडौं, टोखा नगरपालिकाले नगरपालिकाका किसानलाई काऊ म्याट वितरण गरेको छ । किसानलाई ५० प्रतिशत अनुदानमा काऊ म्याट वितरण गरको हो । नगरपालिकामा गाई पालनलाई व्यवसायिक बनाउनका लागि गाई बस्ने म्याट वितरण गरेको हो । टोखा पशु व्यवसाय समिति र टोखा नगरपालिकाले सोमवार ३४ जना किसानलाई काऊ म्याट वितरण गरेको नगरपालिकाले जनाएको छ ।
चारवटा गाई पालेका किसानलाई एउटा, पाँचदेखि ९ वटा गाई पाल्ने किसालनाई ३ वटा, १० वटा भन्दा धेरै गाई पाल्ने किसानलाई ७ वटासम्म काऊ म्याट वितरण गरिएको टोखा नगरपालिकाले जनएको छ ।
काऊ म्याटमा गाईलाई राख्दा गाईलाई चिसो नलाग्ने र थुनिलो हुनबाट समेत बच्च सकिने टोखा नगरपालिका पशु व्यवसायका अध्यक्ष हिराकाजी श्रेष्ठले बताउनुभयो । काऊ म्यााट वितरण गर्दै नगरपालिका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाले व्यवसायिक गाई पालनलाई आकर्षण गर्नका लागि काऊ म्याट वितरण गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो , गाई नबोल्ने प्राणी हो, हामीले गाईको दूध खानुका साथै गाईलाई आमाको रुपमा समेत पूजा गरिने भएकाले व्यवसायी गाई पालनलाई संरक्षण गर्नका लागि काऊ म्याट वितरण गरिएको हो । प्रति काऊ म्याटको बजार मूल्य ७ हजार रुपियाँ पर्छ नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई काऊ म्याट वितरण गरेको हो । चालु आर्थिक वर्ष पनि व्यवसायिक गाई पालनप्रति किसानलाई आकर्षण गर्न नगरपालिकाले किसानमैत्री कार्यक्रम नगारसभाबाट पारित गरिसकेको छ ।






प्रतिकृया