• २ असोज २०८३, शुक्रबार
  • ५ः३७ बिहान

व्यापारीलाई फोन मार्फत धम्काउँदै रकम माग गर्ने एक जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण १९ गते, आईतवार ०१:३६

काठमाडौं, विभिन्न व्यापारीलाई फोन मार्फत धम्काउँदै रकम माग गर्ने एक व्यक्ति ललितपुरबाट पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२४ का उदय गिरीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

National Life

अपराध महाशाखाका डिएसपी केदार ढकाल अनुसार ललितपुरका तीन जना व्यापारीलाई फोन मार्फत धम्की दिई पच्चिस पच्चिस लाख रुपैयाँ मागे सूचनाका आधारमा गिरीलाई पक्राउ गरिएको जानकारी दिए । गिरीले भारतमा समेत पुगेर भारतीय नम्बरबाट फोन गरी रकम मागेको प्रहरीको अनुसन्धानमा खुलेको उनको भनाई थियो ।

उनी यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेका व्यक्ति भएको र अहिले अनुसन्धान भइरहेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया