• ३१ भदौ २०८३, बुधबार
  • ९ः४७ राती

डेंगु नियन्त्रणको साटो फैलँदै

प्रकाशित मिति

२०७६ श्रावण १७ गते, शुक्रबार १०:२९

इटहरीरविराटनगर स् मोरङ र सुनसरीमा डेंगु संक्रमण भएको २ महिनाभन्दा बढी भइसक्दा पनि नियन्त्रण हुनुको साटो अझै फैलँदै गएको छ। एक साताअघि मोरङमा ५५ जनामा देखिएको डेंगु संक्रमण बढेर ६८ पुगेको छ भने सुनसरीको इटहरीमा नै २४ जनामा डेंगु संक्रमण देखा परेको छ। धरानमा घरैपिच्छे डेंगु संक्रमित छन्। तर तीनै तहका सरकारले उपचार र नियन्त्रणमा आपसी समन्वय नगर्दा डेंगुको प्रकोप साम्य हुनुको साटो महामारी बन्न लागेको छ। मोरङका १७ मध्ये ९ स्थानीय तहमा डेंगुका बिरामी फेला परेका छन्। सबैभन्दा बढी केराबारी गाउँपालिकामा २६ जना संक्रमित भेटिएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उर्लाबारी नगरपालिकामा १९, विराटनगर महानगरपालिकामा ९, सुन्दरहरैंचा नगरपालिकामा ५, मिक्लाजुङ गाउँपालिकामा ३, ग्रामथान गाउँपालिका र बेलबारी नगरपालिकामा २÷२ तथा पथरीशनिश्चरे नगरपालिका र कटहरी गाउँपालिकामा १÷१ जना डेंगुका बिरामी छन्।

National Life

सुनसरीको इटहरी अस्पतालमा मात्रै ८५ जनाले डेंगुको निःशुल्क परीक्षण गराएकोमा २४ जनामा संक्रमण फेला परेको अस्पतालका हेल्थ असिस्टेन्ट रामकुमार धमलाले जानकारी दिनुभयो । इटहरीका निजी स्वास्थ्य संस्थामा परीक्षण र उपचार गरिएका डेंगुका बिरामीहरूको संख्यासमेत जोड्दा संक्रमित अझै बढ्ने उहाले बताउनु भयो ।
दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नु पर्ने र बिरामीको उपचार गर्नुपर्ने सरोकारवाला निकायबीच समन्वय अभाव देखिएको छ। औषधि आपूर्ति गर्ने प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य संस्थाबीच समन्वय नभएको हो। नियन्त्रणका लागि एकीकृत प्रयास नहुँदा डेंगु नियन्त्रण चुनौतिपूर्ण बन्दै गएको छ।

प्रतिकृया