• ५ साउन २०८३, मंगलबार
  • ८:३६ बिहान

जिम्बाब्वेका क्रिकेटरहरू निःशुल्क खेल्ने

प्रकाशित मिति

२०७६ श्रावण १५ गते, बुधबार १०:५४

काठमाडौं, जिम्बाब्वेका क्रिकेटरहरूले देशमा क्रिकेट बचाइराख्न टी–२० विश्वकप छनोट प्रतियोगिता निःशुल्क खेल्न तयार रहेको बताएका छन् । आईसीसीले जिम्बाब्वे क्रिकेटलाई निलम्बन गरेको छ, जसले उसको विश्वकप छनोट अन्यौलमा परेको छ । तर क्रिकेटहरुले भने पछि तलब दिए पनि वा नदिए पनि आफूहरु देशका लागि खेल्न तयार रहेको बताएका छन् । ‘सुरुङको अन्त्यमा प्रकाश देखिएसम्म हामी निःशुल्क खेल्न तयार छौं’, एक सिनियर क्रिकेटरलाई क्रिकइन्फोसँग भनेका छन् ।

निलम्बनका बाबजुद जिम्बाब्वेले द्वीपक्षीय सिरिजहरु खेल्न पाउनेछ, यसका लागि आईसीसीले म्याच अफिसियिल नियुक्त गर्नेछ । यो खेलाडीहरुले निःशुल्क खेल्नुपर्ने हुनसक्छ ।

Kamana Sewa

प्रतिकृया