• ५ साउन २०८३, मंगलबार
  • ४:०७ बेलुका

मुसिकोटमा खुर्पा प्रहारबाट एक जनाको हत्या

प्रकाशित मिति

२०७६ श्रावण १५ गते, बुधबार १०:२९

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ३ तोलादीमा खुर्पा प्रहार गरि एक जनाको हत्या भएको छ । मुसिकोट नगरपालिका वडा नं. ३ तोलादी निवासी ४८ वर्षका मोतिलाल कुमालको हत्या भएको हो । सोही स्थानका ४५ बर्षिय लक्ष्मण कुमालले आफुले धारिलो हतियार प्रयोग गरि मोतिलालको हत्या गरेको भन्दै प्रहरी चौकी वामीमा आएका थिए ।
खेतमा सिंचाई गर्ने बिषयमा झगडा भएको र दुवैले रक्सी खाएको कारण सो घटना भएको प्रहरीको भनाइ छ । मृतकको शव नौघाट भन्ने ठाउमा भेटिएको थियो भने हाल मुचुल्का तयार गरि पोष्टमार्टमको निम्ति जिल्ला अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र हत्यामा संलग्न लक्ष्मण भने प्रहरी हिरासतमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया