• ५ साउन २०८३, मंगलबार
  • १०:३८ बिहान

प्रधानमन्त्री ओलीले पारवहन सहजीकरण गराइदिन भारतीय पक्षलाई आग्रह

प्रकाशित मिति

२०७६ श्रावण १२ गते, आईतवार ०५:१२

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको व्यापारमा पारवहन सहजीकरण गर्न भारतीय पक्षसँग आवश्यक सहयोगको अपेक्षा गरिएको बताउनु भएको छ । आईतबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन’ को उद्घाटन गर्दै उनले दुवै मुलुकका जनतासँगको सम्बन्धलाई विस्तार गर्न पनि पारवहन सहजीकरण हुनुपर्ने बताउनु भएको छ ।

साथै उनले रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई अझ सहज बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपालको व्यापारको ठूलो हिस्सा भारतबाट हुने भएकाले पारवहनलाई सहज ढंगले अघि बढाउनुपर्ने प्रधानमन्त्रीको भनाई थियो । दुई दिवसीय उक्त सम्मेलनमा दुवै देशका व्यापारी तथा वाणिज्यविज्ञहरु, सरकारी पदाधिकारीहरुले दुई मुलुकबीच हुने आयात/निर्यात सहजीकरणका विषयमा विस्तृत छलफल गर्ने बताइएको छ ।

Kamana Sewa

प्रतिकृया