• ४ साउन २०८३, सोमबार
  • ६:५० बेलुका

भूकम्प पिडितका लागि रकम जुटाउन मिस नेपाल अनुस्का पुगिन सिड्नीमा

प्रकाशित मिति

२०७६ श्रावण १० गते, शुक्रबार ०३:५६

काठमाडौँ, मिस नेपाल अनुस्का श्रेष्ठ २०७२ सालको भूकम्पबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाको सोलसिंङ्ग गाउँका लागि सहयोग जुटाउन सिड्नी पुगेकी छिन् । ‘हेलम्बुको पिछडिएको सोलसिंङ्ग गाउँको दिगो विकास र त्यहाँका स्थानीयको आर्थिक अवस्था सुधार्नु आफ्नो प्राथमिकता रहेको बताउदै उनी मिस नेपालको ‘ब्यूटी विथ पर्पोज’ अन्तर्गत सामाजिक सेवाका लागि उनले सिड्नीमा विभिन्न संस्था तथा कार्यक्रमहरुबाट सहयोग जुटाउने कार्यक्रम रहेको छ ।

अनुस्कालाई सहयोग गर्न सिड्नीको अलवुडमा जुलाई २० तारिखमा भव्य कार्यक्रम राखिएको छ । ६० लाख रुपैंया लागत अनुमान गरिएको विकास योजनाका लागि अष्ट्रेलियामा आर्थिक सहयोग जुटाउन नेपालट्युव अष्ट्रेलिया, एटएट फोएट, युएनएइ लगायतका स्थानीय मिडिया तथा संघ संस्था जुटेका छन् । उनले गाउँमै आय अर्जनको वातावरण तयार गर्न कार्पेट बुन्ने, इट्टा बनाउने, धुप बत्ति बनाउने लगायतका घरेलु उद्योग स्थापना गरी स्थानीयलाई आर्थिकरुपमा सक्षम बनाउने योजना बनाएकी छिन् ।

Kamana Sewa

प्रतिकृया