• २ असोज २०८३, शुक्रबार
  • २ः३२ राती

सवारी नियम उलङ्घन गर्नेबाट ३१ करोड राजश्व संकलन

प्रकाशित मिति

२०७६ श्रावण १० गते, शुक्रबार ०७:३४

काठमाडौं(ट्राफिक प्रहरीले सवारी नियम उलङ्घन गर्ने सवारी साधनबाट रु ३१ करोड ५६ लाख २७ हजार राजश्व सङ्कलन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५र७६ मा काठमाडौँ, भक्तपुर र ललितपुरबाट जथाभावी रुपमा सवारी साधन पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, जथाभावी रुपमा हर्न बजाउने लगायतका कार्यमा सङ्लग्न सवारी साधनबाट उक्त राजश्व सङ्कलन गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चार लाख ८१ हजार ७५ साना ठूला सवारी साधनलाई कारवाही गर्दा उक्त राजश्व सङ्कलन गरेको जानकारी दिनुभयो ।

National Life

उपत्यकामा रहेका महाशाखाका करिब तीन ट्राफिक प्रहरी युनिटमध्ये महाशाखापछि दरबारमार्ग्स्थित ट्राफिक प्रहरी पोष्टले सबैभन्दा बढी ३५ हजारको संख्यामा ट्राफिक कारवाही गरी रु दुई करोडभन्दा बढी राजश्व संकलन गर्न सफल भएको पोष्ट इन्चार्ज प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताउनु भयो । महाशाखाले आव २०७४÷७५ मा चार लाख ७२ हजार ४०७ सवारी साधन कारवाही गरेर रु २९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन गरेको थियो ।

प्रतिकृया