• ३१ भदौ २०८३, बुधबार
  • ६ः३४ बेलुका

आथिर्क वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक

प्रकाशित मिति

२०७६ श्रावण ८ गते, बुधबार ०६:१२

काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंकलाई बीमा पोलिसी बेच्न रोक लगाउने व्यवस्था गरेको छ । बुधबार नेपाल राष्ट्र बैंकद्वारा आयोजित आथिर्क वर्ष २०७६/७७को मौद्रिक नीति सार्वजनिक कार्यक्रममा बोल्दै गर्भनर चिरञ्जीवी नेपालले बैंकलाई बीमा पोलिसी बेच्न रोक लगाउने व्यवस्था आएको बताउनु भएको हो ।

National Life

नेपालमा हाल बैंकहरुले संस्थागत अभिकर्ताको इजाजतपत्र (लाईसेन्स) लिएर बैंकहरुले बैंक इन्सुरेन्स भन्दै विभिन्न बैंकहरुले बीमा कम्पनीसँग सहकार्य समेत गर्दै आएकोमा अब यसमा रोक लाग्ने भएको छ । लघुवित्तहरुले २५ प्रतिशत लगानी अब कृषी क्षेत्रमा गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले आगामी असार मसान्तभित्रमा मर्जरमा गई एकीकृत कारोबार थालिसक्ने बैंकहरुलाई कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा तोकिएको न्यूनतम लगानी पुर्‍याउनुपर्ने अवधिलाई २०७८ असारसम्म पुर्‍याउने घोषणा गरेको छ। मर्जरमा जाने बैंकहरुले शाखा विस्तार गर्न अनुमति लिनु नपर्ने भएको छ। साथै नेपाल राष्ट्र बैंकले बजेटमा उल्लेख गरेको बैंकमा सुनचाँदी राख्दा ब्याज पाइने व्यवस्था गर्ने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया