• २ असोज २०८३, शुक्रबार
  • ४ः१३ बिहान

प्रहरीको निशुल्क स्वास्थ्य शिविर पाएपछि रौतहटका बाढी पिडित हर्सित

प्रकाशित मिति

२०७६ श्रावण ७ गते, मंगलवार ०३:४८

रौतहठ, छोटो समयमा जिल्लाको जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिन सफल रौतहटको प्रहरी उपरिक्षक भुपेन्द्र खत्रीको टोलीले रौतहटको बाढी प्रभावित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर चलाएर बाढी पिडित जनताको पिडामा मलहम लगाउने काम गरेको छ । सोमवार जिल्लाको दुई स्थानमा जिल्ला प्रहरी कार्यालयको आयोजनामा संचालित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

National Life

अविरल वर्षाका कारण रौतहट जिल्लाका बागमती, बकैया, झांझ आदि नदीमा आएको बाढी तथा डुवानको कारण प्रभावित समुदायको लागि नेपाल प्रहरी अस्पतालका दक्ष चिकित्सकहरुको समुहद्वारा राजदेवी नगरपालिका वडा नं ७, मुडवलवा स्थित श्री नेमधारी बासुदेव उच्च मा।बि।को प्राङगणमा र गौर नगरपालिका वडा नं २ महादेवपट्टी स्थित रहेको प्राथमिक विद्यालय गौरको प्राङगणमा विहान ८ः३० बजेदेखि सांझ ४ः३० बजेसम्म शिविर संचालन गरिएको थियो ।

महादेवपट्टीमा संचालन गरिएको शिविरमा महिला १२६, पुरुष १२६ गरी २५२ जना र मुडवलवामा संचालित शिविरमा महिला ११५, पुरुष १३६ जना गरी २५१ जनाले निशुल्क स्वास्थ्य जाँच गराएका थिए । उक्त स्वास्थ्य शिविरमा जँचाउन आउने विरामीहरुको लागि आवश्यक औषधी समेत निशुल्क वितरण गरिएको थियो । साथै भोलि मंगलवार ७ गते पनि दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५, बडहर्वा स्थित प्रहरी चौकी बडहर्वाको प्राङगणमा र ईशनाथ नगरपालिका वडा नम्बर ३, औरैया स्थित प्रहरी चौकी औरैयाको प्राङ्गणमा विहान ८ः३० बजेदेखि निशुल्क स्वास्थ्य शिविर संचालन हुने हुँदा सर्वसाधरणहरुलाई स्वास्थ्य जाँचको निमित्त आउनु हुन जिल्ला प्रहरी कार्यालय रौतहटले पिडित सर्वसधारणलाई अनुरोध गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उपरिक्षक खत्री आएको दिनदेखि विगतमा जिल्लामा भइरहेको अपराधिक क्रियाकलाप, चोरी, पैठारी, तस्करी को न्यूनिकरण हुनुको साथै सर्वसधारणको र प्रहरी बिच सुमधुर सम्बन्ध कायम भएको देखिन्छ । यसैबिच प्रहरीले थालेको यो कदमले जनताको मन जित्न सफल भएको बुद्धिजिवीहरु बताउछन् ।

प्रतिकृया