• २ असोज २०८३, शुक्रबार
  • १२ः०४ राती

पाकिस्तानी प्रधानमन्त्री खान अमेरिका भ्रमणमा

प्रकाशित मिति

२०७६ श्रावण ५ गते, आईतवार १२:१४

एजेन्सी,पाकिस्तानी प्रधानमन्त्री इमरान खान पहिलो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न अमेरिका गएका छन् ।तीन दिनका लागि अमेरिका भ्रमणमा गएका प्रधानमन्त्री खान र ट्रम्पबीच मंगलबार भेटवार्ता हुने पाकिस्तानी प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

National Life

प्रधानमन्त्री खानको भ्रमण र त्यस क्रममा हुने ट्रम्पसँगको भेटवार्तापछि सम्बन्धमा सुधार आउने अपेक्षा पाकिस्तानको छ ।
उनले अमेरिकी कंग्रेसका चर्चित विधायक, कर्पोरेट व्यक्तित्व र पाकिस्तानी डायस्पोराबारे छलफल गर्नसक्ने बताइएको छ ।
खानसँगै विदेश मन्त्री शाह मेहमूद क्वीरेसी र पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवासहितको टोली अमेरिका भ्रमणमा रहेका छन् ।

प्रतिकृया