• २ असोज २०८३, शुक्रबार
  • १०ः०१ बिहान

आजदेखि इन्टरनेटको मूल्य १३ प्रतिशत बढ्ने

प्रकाशित मिति

२०७६ श्रावण १ गते, बुधबार १०:५०

काठमाडौंः इन्टरनेट सेवा प्रदायकहरुले बुधबारदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य बृद्धि गर्ने भएका छन्। इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार शुल्क उठाउन सुरु गर्ने अध्यक्ष भोजराज भट्टले जानकारी दिए।

National Life

भट्टका अनुसार आइतबार बसेको आइस्पानको बैठकले सरकारले थपेको १३ प्रतिशत शुल्क उपभोक्ताबाट उठाउँने निर्णय गरेको हो । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने इन्टरनेटको शुल्क बढाए सेवा प्रदायकहरुका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन्।

आजको कान्तिपुर दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया