• १८ भदौ २०८३, बिहीबार
  • ६ः१४ बेलुका

लागूऔषधसहित बिभिन्न ठाउँबाट ३ युवा पक्राउ

प्रकाशित मिति

२०७६ असार ३० गते, सोमबार ०१:२१

काठमाडौं,अवैध लागूऔषधसहित बिभिन्न ३ ठाउँबाट ३ युवा पक्राउ परेका छन् ।पर्सा वीरगंज महानगरपालिका—१६ भानुचोकबाट चितवन खैरनी नगरपालिका—७ बस्ने ४० वर्षीय मिश्रीलाल साहलाई नियन्त्रित लागूऔषध फेनारगन १ सय ५० एम्पुल, नोर्फिन १ सय ५० एम्पुल, डाईजेपाम १ सय ५० एम्पुल र मोबाईल २ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । त्यस्तै वर्दिया बाँसगढी नगरपालिका—३ भगरा चोकस्थित बढैयाताल गाउँपालिका—४ दक्षिण भकारी बस्ने ३३ वर्षीय असगर अली तेलीलाई अवैध लागूऔषध ब्राउनसुगर ३.५ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

Kamana Sewa

ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी झापा मेचीनगर नगरपालिका—६ हिकोलामोडस्थित भारत दार्जिलिङ बस्ने ४८ वर्षीय मोहमद सदुरुल खानलाई अवैध लागूऔषध खैरो हेरोइन १८ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Classic Tech Desktop

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु बि७४एसि४१९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक खानलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिकृया