• १९ भदौ २०८३, शुक्रबार
  • ७ः०० बेलुका

मन्त्रीहरुले बुझाए आफ्नो वार्षिक कार्यप्रगति

प्रकाशित मिति

२०७६ असार ३० गते, सोमबार ०१:१४

काठमाडौँ, मन्त्रीहरुले आफ्नो वार्षिक कार्यप्रगति रिपोर्ट प्रधानमन्त्रीलाई बुझाएका छन् । आफूले तोकेको लक्ष्यमा सन्तोषजनक उपलब्धि प्राप्त भएको उनीहरुको दाबी छ । तर, उपलब्धिको सूचीमा तालिम र गोष्ठी पनि समावेश छ। मन्त्रालय आफैँले निश्चित गरेको लक्ष्यमा एक वर्षमा कति प्रगति भयोरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अनलाइन अनुगमनमा भएको समीक्षा रिपोर्ट हरेक मन्त्रालयले प्रधानमन्त्रीलाई बुझाएका छन् । सबैभन्दा बढी परराष्ट्र मन्त्रालयको कार्यप्रगति ८८ प्रतिशत छ । त्यसैगरी श्रम मन्त्रालयको ८१ प्रतिशत, प्रधानमन्त्री आफैँले सम्हालेको पर्यटन मन्त्रालयको कार्यप्रगति ८१ प्रतिशत छ ।

भूमि व्यवस्था मन्त्रालयको ८१, कृषि मन्त्रालयको ७८।९५ प्रतिशत, स्वास्थ्यको ७८।५, अर्थमा ७५, कानुनमा ६७, वनमा ६५, भौतिक पूर्वाधारमा ५९, सूचना तथा सञ्चारमा ५९, आपूर्तिमा ५७, गृहमा ५३, रक्षामा ५०, शिक्षामा ४७, युवा तथा खेलकुदमा ४४, ऊर्जामा ४० र खानेपानी मन्त्रालयको कार्यप्रगति ३९ प्रतिशत छ ।

Kamana Sewa

नयाँ पत्रिका दैनिकबाट साभार

Classic Tech Desktop

प्रतिकृया