• ४ साउन २०८३, सोमबार
  • ७:१२ बेलुका

भारतीय चन्द्रयान प्राविधिक कारणले रोकियो, नयाँ मिति चाँडै घोषणा गर्ने

प्रकाशित मिति

२०७६ असार ३० गते, सोमबार ०७:५६

काठमाडौं । भारतले प्रक्षेपण गर्ने भनेको चन्द्रयान–२ प्राविधिक कारणले रोकिएको छ । आन्ध्र चन्द्रयानमा अन्तिम समयमा प्राविधिक गडबढी आएका कारण रोकिएको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले ट्वीट गर्दै चन्द्रयान प्रक्षेपणको नयाँ मिति चाँडै घोषणा गर्ने जनाएको छ ।
निकै नै जोखिमपूर्ण रहेको सतहसम्म प्रक्षेपण गर्ने तयारीमा रहेको यो चन्द्रयानको सफल परीक्षणले विश्वको अन्तरिक्ष इतिहासमा नयाँ आयाम कायम हुने विश्वास भारतले लिएको छ ।यसअघि अमेरिका, चीन र पूर्वसोभियत संघले चन्द्रमामा यान अवतरण गराइसकेका छन् । भारतले पठाउने लागेको चन्द्रयान अहिलेसम्म अन्य मुलुकले पठाएको अन्तरिक्ष यान नपुगेको ठाउँमा पुग्ने छ । चन्द्रयान प्रक्षेपणका लागि भारतीय राष्ट्रपति रामनाथ कोविन्द पनि श्रीहरिकोटामा पुगेका थिए । इसरोको अभियान सफल भएमा चन्द्रमा यान अवतरण गराउने भारत चौथो मुलुक बन्ने छ । (एजेन्सी)

प्रतिकृया