• ४ साउन २०८३, सोमबार
  • ७:१२ बेलुका

मदन पुरस्कारका लागि सात कृति छनौट

प्रकाशित मिति

२०७६ असार २५ गते, बुधबार ०५:५४

काठमाडौं, मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृति सूचीमा छनोट गरेको छ । पुरस्कारका लागि कूल २५७ कृति प्राप्त भएकामा छनोट समितिको सिफारिशमा सात कृतिको नाम छनोट गरि सार्वजनिक गरेको हो ।

छनोट कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ रहेका छन्।छनोटमा परेका सात कृतिमध्येबाट एक कृतिलाई मदन पुरस्कार प्रदान गरिनेछ ।

Kamana Sewa

प्रतिकृया