• ४ साउन २०८३, सोमबार
  • २:१२ बिहान

घुस लिएकोमा त्रिविका सहायक डिनविरुद्ध मुद्दा दायर

प्रकाशित मिति

२०७६ असार २४ गते, मंगलवार ०५:३५

काठमाडौं, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन कार्यालयका सहायक डिन प्रा.डा.शम्भुप्रसाद पटेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। पटेलले विभिन्न डर देखाएर सेवाग्राहीको कलेज सञ्चालन अनुमति रद्द हुन सक्छ भन्दै घुस लिएको अख्तियारको दाबी रहेको छ।

अख्तियारका अनुसार पटेलले सेवाग्राहीबाट ५० हजार घुस खाएका र पटेलमाथि अख्तियारले अनुसन्धान गर्दा रकम लिएको खुलेको हो। अख्तियारले मुद्दा दायर गर्दै पटेलविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग राखेको छ।

Kamana Sewa

प्रतिकृया