• ३१ भदौ २०८३, बुधबार
  • ७ः२८ बेलुका

पोखरा चेम्बर अफ कमर्श र चिनियाँँ व्यवसायीबीच भेटवार्ता

प्रकाशित मिति

२०७६ असार २४ गते, मंगलवार ०५:२९

पोखरा, पोखरा चेम्बर अफ कमर्श कास्कीका पदाधिकारी र मित्रराष्ट्र चीनको नानजिङका उद्योगी व्यवसायीको प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । चीनको नानजिङका व्यवसायी समूहका यामको नेतृत्वमा पोखरा आएको १८ सदस्यीय प्रतिनिधिमण्डलसँग दुई देशबीच व्यावसायिक आदानप्रदान र नागरिकस्तरबाट भाषा संस्कृति आदान–प्रदानबारे महत्वपूर्ण छलफल गरेको पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष किसान सुनारले जानकारी गराउनुभयो ।

National Life

सो चिनियाँ प्रतिनिधिमण्डलसँग पोखरा चेम्बर्सका पदाधिकारीले पोखराको पर्यटन क्षेत्र, कृषि र ऊर्जामा लगानी गर्न आग्रह गरेका थिए । सो व्यावसायिक प्रतिनिधिमण्डलले आफूहरु नेपालमा लगानी गर्न इच्छुक भएको र सरकारको तर्फबाट पहिला व्यावसायिक सुरक्षा, नीतिगत स्पष्टता भएमा चेम्बरको सहयोगमा पोखरा क्षेत्रमा लगानी गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष सुनारले बताउनुभयो ।

व्यावसायिक प्रतिनिधिमण्डलबीच भेटवार्ता बैठकमा नेपाल–चाइना सङ्घका महासचिव विवेक पौडेल, पोखरा चेम्बर अफ कमर्श कास्कीका उद्योगतर्फका उपाध्यक्ष गीता तिवारी, वस्तुगततर्फका उपाध्यक्ष यमनाथ पौडल, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बाँस्तोलालगायत कार्यसमितिका सदस्यको सहभागिता रहेको थियो । रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया