• २ असोज २०८३, शुक्रबार
  • ६ः३६ बिहान

भक्तपुरको विजयश्वरी हत्याकाण्डः हत्यारा अधिकारी पक्राउ

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार ०९:४३

काठमाडौंः करिब १९ वर्षअघि भक्तपुरको कटुञ्जेमा एक महिलाको हत्या गरी फरार अभियुक्तलाई प्रहरीले रुपन्देहीको वेलहियाबाट पक्राउ गरेको छ । २०५७ असार ८ गते ३३ वर्षीया विजयश्वरी प्रजापतीको हत्या गर्ने ४० वर्षीय देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

National Life

ब्यूरोका निर्देशक डिआइजी निरज शाहीका अनुसार अभियुक्त अधिकारी प्रजापतीकै घरमा काम गर्दथे । तलबको विषयमा विवाद हुँदा उनले चक्कु हानेर प्रजापतिको घरभित्रै हत्या गरेका हुन् । उनले हत्यापछि आठ तोला सुन र ६ हजार नगद चोरेर भागेका थिए । त्यसयता अधिकारीलाई भारतमै बस्दै आएकाले प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

प्रतिकृया