• २ असोज २०८३, शुक्रबार
  • २ः३२ राती

सरकारले गैससलाई जवाफदेही बनाउने प्रकृया अघि बढाएको अर्थमन्त्री खतिवडाको भनाई

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार ०७:१२

ललितपुर, अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारसँग अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरिएको बताउनुभयो । ललितपुरमा हिजोदेखि सुरु भएको ‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एशीया’ विषयक तेस्रो अन्तर्रा्ष्ट्रिय सम्मेलनको उदघाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले सरकारले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउने प्रकृया अघि बढाएको जानकारी गराउनुभयो ।
गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन तीनै तहका सरकारसँग अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरिएको छ ।’

National Life

उहाँले संघीयता मुलुकका लागि नयाँ अभ्यास भएपनि त्यसलाई सफल बनाउन संघीय सरकारले प्रदेश र स्थानीय तहमा पनि अनुमति लिएर गैर सरकारी संस्थाहरुले काम गर्न पाउने नीतिगत व्यवस्था गरेको प्रष्ट पार्नुभयो ।

प्रतिकृया