मन्त्रीहरुको बेथिती र लापर्वाहीले गर्दा देश बिग्रीयो : सांसद रामनारायण बिडारी
प्रकाशित मिति
२०७६ असार १७ गते, मंगलवार ०४:१२
राष्ट्रिय सभाका नेकपाका सांसद रामनारायण बिडारीले देश बिग्रीएको कारण मन्त्रीहरुको बेथिति तथा लापरवाही भएको दावी गरेका छन् ।सांसद बिडारीले यी प्रश्नहरु मार्फत मन्त्रीहरु अनावश्यक काममा कुदेकाले देश बिग्रिएको भन्दै आक्रोश पोखेका हुन् ।उनले कार्यक्रममा अझै आक्रोसित हुदै भने, ‘मन्त्रीहरु ट्वाइलेटदेखि मन्दिरसम्म उद्घाटनमा दौडन्छन्, त्यही भएर यो देश बिग्रियो’, उनले थप्दै भने, ‘मन्त्रीले देश विकासको योजना बनाउने हो, यसरी अनावश्यक काममा समय बर्बाद गर्ने होइन।’
कार्यक्रममा मन्त्रीहरुप्रति आक्रोस पोख्दै उनले प्रश्न गरे, ‘सम्बन्धित मन्त्रालयको कार्यक्रममाथि छलफल भइरहँदा मन्त्रीहरु कहाँ जान्छन् ? मन्त्रीका लागि यो सदन भन्दा ठुलो अन्त कहाँ छ ? मन्त्रीहरु यहाँ किन आउँदैनन् ? सदनप्रति मन्त्रीहरु जवाफदेही हुनुपर्दैन ? मन्त्रीहरु सदनप्रति व्यक्तिगत र सामूहिकरुपमा जिम्मेवार हुनुपर्छ ।

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा बोल्दै सांसद बिडारीले मन्त्रीहरुले योजनामा नचली आफु खुसी भ्रष्टचार गर्दै हिड्ने र संसदमा नआएर संसदलाई हेपेको बताएका छन् ।उनले कर्मचारी तथा मन्त्रीले देशमा भ्रष्टाचार तथा बेथिति ल्याउदा देश पछाडि परेको बताएका छन्।





प्रतिकृया