भैरव बहान गुल्मले रोप्यो तीन सय बिरुवा
प्रकाशित मिति
२०७६ असार १६ गते, सोमबार ०८:३२
भक्तपुर।
भैरव बहान गुल्मले आफ्नो परिसरमा विभिन्न जातका ३सय भन्दाबढी बिरुवा रोपेको छ । मध्यपुरथिमि गठ्ठाघरस्थित गुल्म परिसरमा आयोजना गरिएको कार्यक्रममा चर्चित फुटबल खेलाडी उपेन्द्रमानसिंह,मध्यपुर थिमिनगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ, गुल्मपति हिमालय थापा ,नागररिक उड्डयन कार्यालय गठ्ठाघरका प्रमुख देबेन्द्र केसी,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी लगायतले फलफूलका विभिन्न जातका बिरुवा रोप्नुभएको थियो ।
नेपाली सेनाले यो वर्ष वर्षायाम अगावै एक लाख ५० हजार ९७७ बिरुवा रोप्ने अभियान शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डाबाट शुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भ गर्नुभएको ‘एक घर एक फलफूलको बिरुवा रोप्ने’ कार्यक्रमलाई मूर्तरूप दिन सेनाले ‘एक जवान एक बिरुवा अभियान’ सञ्चालन गरेको हो ।
उक्त अभियान अन्तर्गत भएको सो कार्यक्रम नासपाति, आँप, लिची, सुन्तला, अम्बा, निबुवा, भोगटे, अङ्गुरलगायत बिरुवा रोपिएको हो । गुल्मपति सेनानी हिमालय थापाले मध्यपुरथिमि नगरपालिकाको समेत सहयोगमा रोपिएका बिरुवा मध्यपुरथिमिकै सम्पत्तिका रुपमा रहने बताउनुभयो । कार्यक्रममा मध्यपुरथिमिका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख लगायत अन्य प्रतिनिधिको सहभागिता थियो ।
फोटो फिचर












प्रतिकृया