• ३१ भदौ २०८३, बुधबार
  • ९ः१३ राती

कञ्चनपुरमा २ लाख घुस सहित रंगेहात पक्राउ

प्रकाशित मिति

२०७६ असार १३ गते, शुक्रबार ०६:३७

कञ्चनपुरमा २ लाख घुस सहित रंगेहात पक्राउ परेका कर्मचारीलाई नेकपाका विद्यार्थीहरुले कालोमोसो दलेका छन्।

National Life

उनीसंगै सिँचाई डिभिजनमै कार्यरत इन्जिनीयर ग्रीष्मा ठगुन्नालाई पनि पक्राउ गरिएको अख्तियारले जनाएको छ। सेवाग्राहीबाट दुई लाख घु्स सहित रंगेहात पक्राउ परेपछि जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनीयर  अजित कुमार श्रीवास्तवलाई विद्यार्थीहरुले कलोमोसो दलेका हुन्। श्रीवास्तवलाई कालोमोसो दलिएको अखिल कञ्चनपुरका जिल्ला स्तरीय नेता कमल रोकायाले बताए।

 

Classic Tech Mobile
Classic Tech Desktop

अख्तियारका  प्रवक्ता टोप बहादुर विष्टले उनीहरुले भीमदत्त नगरपालिका १९ मा चौधर नदी नियन्त्रणका लागि उपभेक्ता  समितिबाट निर्माण भएको तटबन्धको योजनामा भुक्तानी दिने क्रममा घुस लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई  रंगे हात पक्राउ गरिएको बताए।

श्रीवास्तवलाई कार्यालय परिसरमै कालोमोसो दलिएको रोकायाले जानकारी दिए।  श्रीवास्तावलाई  सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीलले  पक्राउ गरेको थियो।

प्रतिकृया