• १ असोज २०८३, बिहीबार
  • ६ः२१ बेलुका

चितवनमा मोटरसाइकल आपसमा ठोक्कीदा दुईको मृत्यु

प्रकाशित मिति

२०७६ असार १२ गते, बिहीबार १०:३९

चितवनः चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १८ का २८ वर्षीय रामचन्द्र गौडाल र १७ वर्षीय राजन भट्ट रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर–१८ भेटघाट चोकस्थित बाबुराम चोकबाट भेटघाट चोकतर्फ गइरहेको ना ५३ प ५२४७ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको ग ९ प ११८५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै चालक गम्भीर घाइते भएका थिए । उपचारका क्रममा चितवन मेडिकल कलेजमा बुधबार बेलुकी दुवैको मृत्यु प्रहरीले जनाएको छ ।

National Life

प्रतिकृया