• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

कार्यकर्ता कुटाएको मा मन्त्री बिना मगरमाथि आपत्ती :बद्री पाण्डे

प्रकाशित मिति

२०७६ असार ११ गते, बुधबार ०१:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरमाथि आपत्ती जनाएका छन् ।

National Life

राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा बोल्दै पाण्डेले प्रहरी प्रशासनको संरक्षणमा आफ्नो पार्टीका कार्यकर्ता कुटाएको आरोप बीना मगरमाथि लगाएका छन् ।

बैठमा बोल्दै उनले भने, ‘कञ्चनपुर पुनर्वास नगरपालिकाको नगरपरिषद् उद्घाटन गर्न गएकी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले प्रहरी प्रसाशनको संरक्षणमा कार्यकर्ता लगाएर आक्रमण गर्न लगाउनु भयो । ‘सुदूरपश्चिमको बजेट कटौती गरिएको र हुलाकी सडकको निर्माण कार्य रोकिएकोमा सरकारको मौनताप्रति ध्यानाकर्षण गराउन गएका कार्यकर्तामाथिको आक्रमणले सरकारको नियत स्पष्ट भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आक्रमणबाट क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, विक्रम चन्द लगायत दर्जनौं कार्यकर्ता घाइते भएको उनले बताएका छन् ।

प्रतिकृया