• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

हेटौंडाबाट चाईनिज पेस्तोलमा लाग्ने सात राउण्ड गोली बरामद

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार ०१:२६

हेटौंडा उपमहानगरपालिका—१९ सान्नीटारस्थित सडकबाट चाईनिज पेस्तोलमा लाग्ने ७ राउण्ड गोली र १ थान म्याग्जिन मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

National Life

उक्त स्थानमा अज्ञात समूहले विष्फोटक पदार्थ प्रहार गर्ने प्रयास गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नेवारपानिबाट खटिएको प्रहरीले उक्त गोली तथा म्याग्जिन फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया