• २१ असोज २०८३, बुधबार
  • ३ः०९ दिउँसो

विदेशमा उपचार गर्न जाने जोकसैलाई पनि सरकारले रकम नदिने:मन्त्री यादव

प्रकाशित मिति

२०७६ असार १० गते, मंगलवार ०१:३२

। उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विदेशमा उपचार गर्न जाने जोकसैलाई पनि सरकारले रकम नदिने बताउनु भएको छ ।मन्त्री यादवले नेपालमा उपचार नभएर मात्रै विदेश जाने नगरेको बताउँदै पैसा भएर विदेश जानेलाई भने रोक्न नसकिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा उपचार नभएर मात्रै विदेश जाँदैनन् ।

National Life

 

मन्त्री यादवले देशका ठुलै मान्छेदेखि सर्वसाधारणको हकमा पनि यो कुरा लागू हुने बताउँदै भन्नुभयो, ‘अब शक्तिशालीले पनि विदेशमा उपचार गर्न सरकारी कोषबाट पैसा पाउँदैनन्, त्यसबारे कानुन नै बनिसकेको छ, सरकार यो व्यवस्था लागू गराउन कटिवद्ध छ, तपाईंहरु ढुक्क हुनुस् ।’

Classic Tech Mobile
Classic Tech Desktop

नेपालमा सम्भव हुने उपचारका लागि पनि विदेश जाने क्रम बढेको छ, पैसा भएर विदेश उपचारमा जानेलाई रोक्न सकिँदैन । तर विदेशमा उपचार गराउने जोकसैलाई सरकारले खर्च नदिने कानुनी व्यवस्था लागू भइसकेको छ ।’

मंगलबार प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले कसैलाई पनि एक पैसा नदिने बताउनु भएको हो ।

प्रतिकृया