• २३ भदौ २०८३, मंगलबार
  • ९ः३४ बिहान

‘गलबन्दी’ गीतको विवाद : शम्भु राईको आरोप प्रति सांसद विश्वकर्माको विरोध

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०१:५३

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नेता एवं पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले संसदमा ‘गलबन्दी’ गीतको विवाद प्रति आपत्ति जनाउनुभएको छ ।

National Life

गीतका सर्जक प्रकाश सपूत र गायिका शान्ति श्री परियारलाई सरकारले उचित सम्मान गर्नु पर्नेमा सत्तारुढ दलका समर्थक शम्भु राईले गीत चोरी भएको आरोप लगाएको भन्दै सांसद मीनले विरोध गर्नुभएको हो । सांसद विश्वकर्माले गाउँघर, रोदि, मेलापातमा जाँदा उक्त गीत गाउने भाका नै लोक लय हुन्छ भन्दै प्रकाश सपूतको गीतको समर्थन गर्नुभयो । उहाँले प्रकाश सपूतको गीत कुनै पनि भाकासँग मेल नखाने पनि दाबी गर्दै शम्भू राईले सामान्य कलाकारले गरेको काममा चोरी गरेको भन्नु लज्जास्पद रहेको बताउनुभयो ।

उहाँले शम्भु राईले लय नक्कल गरिएको भनेर मुद्दा हालेको कुरालाई स्मरण गराउदै लोकलय पुर्खाले गाएको गीतलाई पछिल्लो पुस्ताले सिक्दै पछि सम्म जीवित राख्ने भनि एक पुस्ताले एकपल्ट गाएको गीत एकपल्ट मात्र रेकर्ड हुन्छ भने लोक भाका नहुने बताउनुभयो ।
उहाँले आरोपीलाई कानूनी कारवाहीमा नल्याए सम्पूर्ण दलितहरु आन्दोलनमा उत्रने चेतावनी पनि दिनुभएको छ। सरकारले जातीय विभेदात्मक मान्यतालाई प्रसय दिएको उहाँको आरोप छ ।

Classic Tech Mobile
Classic Tech Desktop

राईलाई चाहने ब्यक्तिहरुले सामाजिक सञ्जालको प्रयोग गर्दै प्रकाश सपूतलाई अति निच गाली गर्दै जातीय विभेदपूर्ण शब्द प्रयोग गरेको भन्दै सांसद मीनले निन्दा गर्दै संविधान, सदभाव र कानूनको विरुद्ध हुने गरी दलित समुदायलाई अपमानित हुने गरी अपमान गरेको हुनाले साइबर कानून अन्र्तगतको कारवाहीको माग गर्नुभयो ।

प्रतिकृया