• २१ जेठ २०८३, बिहीबार
  • १:११ बेलुका

धारिलो हतियार प्रहार गर्ने पक्राउ

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०१:५३

चितवन, ईच्छाकामना गाउँपालिका-२ छापडाँडा बस्ने २८ वर्षीय जित बहादुर चेपाङलाई धारिलो हतियार खुर्पा प्रहार गरेको अभियोगमा उनकै दाजु ३२ वर्षीय मित्र बहादुर चेपाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । बच्चाहरुको विषयलाई लिएर भएको वादविवादमा मित्र बहादुरले खुर्पा प्रहार गर्दा घाइते भएका जितबहादुरलाई उपचारको लागि भरतपुरतर्फ लगिएको छ ।
संखुवासभा, खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने ४८ वर्षीय मिन बहादुर भन्ने जुठे कुमाललाई धारिलो हतियार प्रहार गरेको अभियोगमा सोही स्थान बस्ने २१ वर्षीय नरेन्द्र कुमाल र १६ वर्षीय किरण कुमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पुरानो रिसईबीको कारण उनीहरुले जुठे कुमाललाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ बिमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घाइते कुमालको स्थानीय मनकामना अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया